|

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (विप्लव समूह)का नेताहरु आन्तरिक छलफलमा जुटेका छन्। सरकारसँग तीन बुँदे सहमति भएपछि नेत्र विक्रम चन्द विप्लव नवलपरासी काठमाडौं आएलगत्तै आफ्ना पक्षका नेताहरुसँग छलफल गरेका हुन्।

सरकारसँगको वार्ता टोलीको संयोजकसमेत रहेका प्रवक्ता प्रकाण्ड, काभ्रेबाट बिहान रिहा भएका नेताहरु धर्मेन्द्र बाँस्तोला लगायत नेतासँग छलफल गरेका छन्। 

राष्ट्रियसभा गृहमा दुई बजे प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवले एउटै मञ्चबाट सम्बोधन गर्दैछन्। 

सरकारसँग आफ्ना सम्पूर्ण राजनीतिक विषयहरुको समाधान संवादका माध्यमबाट गर्ने, आफ्ना सम्पूर्ण राजनीतिक क्रियाकलापहरू शान्तिपूर्ण रुपमा सञ्चालन गर्ने र नेपाल सरकारका तर्फबाट लगाइएको प्रतिबन्ध हटाउने, सम्पूर्ण बन्दीको रिहाइ र मुद्दा खारेजीलगायतका विषयमा सहमति भएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.