|

अफगानिस्तानमा गएको २४ घण्टायता भएका हिंसामा परी कम्तीमा ९० जनाको मृत्यु भएको छ। तालिवानी विद्रोही समूहले सरकारसँग वार्ता गरिरहे पनि अफगानिस्तानमा तालिबानहरुले हिंसात्मक घटनालाई निरन्तरता दिइरहेका छन्।

शुक्रबार दिइएको जानकारीअनुसार गएको २४ घण्टा यता भएका हिंसामा परी ९० व्यक्तिको मृत्यु भएको हो।

रिडक्सन इन भायोलेन्स (आरआइभी) ले गएको २४ घण्टायता अफगानिस्तानका विभिन्न क्षेत्रमा भएको तालिबानका आक्रमणलगायत हिंसामा परी आठ जना अफगान सर्वसाधारण नागरिक र पाँच जना यहाँको राष्ट्रिय सुरक्षा संगठनका सदस्य पनि मारिएको जनाएको छ।

साथै यो अवधिमा अफगानिस्तानको राष्ट्रिय सुरक्षा निकायले गरेको कारबाहीमा परेर कम्तीमा पनि ७७ जना तालिवान मारिएका पनि बताइएको छ।

अफगानिस्तानमा जारी युद्धको अनुगमन गरिरहेको सो संस्थाका अनुसार यी हिंसाका क्रममा थप ३३ जना नागरिक र ३१ जना तालिबानहरु पनि घाइते भएका छन्।

गएको २४ घण्टा यतामात्र अफगानिस्तानका विभिन्न पाँच प्रान्तका आठ स्थानमा हिंसात्मक आक्रमण भएका थिए। अफगानिस्तानका ३४ प्रान्तमध्ये यहाँका पाँच प्रान्तमा गएको २४ घन्टायता हिंसात्मक हमलाहरु भएका थिए

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.