|

दक्षिण कोरियामा कोरोना भाइरस (कोभिड– १९) का संक्रमितको संख्या पछिल्लो समयमा केही घटेको देखिएको छ।

स्वास्थ्य अधिकारीहरूले संक्रमित हुनेहरूको संख्यामा पछिल्ला सातामा केही कमी आएको जनाएका छन्। प्राप्त समाचारअनुसार पछिल्लो २४ घन्टामा यहाँका ३८८ जनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ। यो संख्या केही दिनयताको भने कम देखिएको छ।

योसँगै संक्रमितहरूको संख्या ९१ हजार ६३८ जना पुगेको पनि बताइएको छ। कोरियामा पछिल्लो साता हरेक दिन संक्रमितको संख्या ४०० भन्दा तल झरेको छ।

तर, यो संख्या ३०० देखि ४०० सम्म रहेको पनि बताइएको छ। गएको २४ घन्टामा यहाँ ३८८ जना संक्रमित थपिएका हुन्। उनीहरूमध्ये केही विदेशबाट आएका व्यक्ति हुन्।

यसैगरी पछिल्लो २४ घन्टामा आठ जना व्यक्तिको मृत्यु भएको छ। योसँगै कोरियामा कोरोना भाइरस संक्रमणबाट ज्यान जानेको संख्या एक हजार छ सय २७ जना पुगेको छ। दक्षिण कोरिया सरकारले कोरोना भाइरस संक्रमण रोक्न प्रभावकारी काम गरेको भन्दै शुरुका दिनहरुमा भाइरसको संक्रमण बढेको थिएन।

पछिल्ला हप्ताहरुमा भाइरसको संक्रमण बढेको भए पनि पछिल्ला केही दिनमा भने कम भएको देखिएको छ।

दक्षिण कोरियाका स्वास्थ्यसम्बन्धी अधिकारीहरूले दिएको जानकारीअनुसार कोरोना संक्रमितमध्ये १.७८ प्रतिशतको ज्यान गएको बताइएको छ। सरकारले करिब ७० लाख नागरिकमा कोभिड संक्रमणको परीक्षण (पिसिआर) गराएको जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.