'मृत्युको नजिक नपुगेको कोही कम्युनिस्ट नेता छैनन्'

|

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले कम्युनिस्ट आन्दोलनको क्रममा मृत्युको मुखमा नपुगेको कोही नेता नभएको बताएका छन्। 

सरकार र  नेपाल कम्युनिस्ट पार्टीबीच सम्पन्न सहमति हस्ताक्षर समाराेहलाई सम्बोधन गर्दै उनले भने, ‘नेपाली राजनीतिको नयाँ दिन भयो। त्यसलाई सफल बनाउन तीन बुँदे सहमति कार्यान्वयनमा जोड दिनुपर्छ। देशमा स्थिरता र नेपाली जनताको आकांक्षा र समृद्ध जीवनको चाहाना छ।’

उनले आजको सहमति सरकार र दलबीचको मात्रै होइन, युवाको चाहाना अनुसार समृद्ध नेपाल निर्माण गर्नमा भएको समेत बताए। 

‘जनताको सपना पूरा गर्नका लागि सबैले हातेमालो गर्नुपर्छ। नेपाली जनताको पक्ष आफ्नो नेता कार्यकर्ताले ज्यान दिएका थिए। नेपाली जनताको चाहाना पूरा भएको छैन’उनले भने, ‘मृत्युको नजिक नपुगेको कम्युनिस्ट नेता पनि छैनन्। सहिद परिवारलाई विश्वास दिलाउनका लागि बलिदान दिन तयार छौँ। तर, हामी हाम्रो प्रतिबद्धताबाट भाग्दैनौँ।’ 

कम्युनिस्ट आन्दोलनमा लागेर ज्यान गुमाएका, घाइते भएका, अपाङ्गता भएकाहरुलाई  सम्झनुपर्ने उनले बताए। नेपाली जनताले चाहेअनुसारकाे अहिलेसम्म कुनै काम नभएको उनले सुनाए। 

उनले नेपाली जनताले मात्रै नभएर राज्यले पनि स्वतन्त्र रुपमा लाग्न नपाउने वातावरणको अन्त्य हुनुपर्ने बताए। उनले सहमतिकाे पूर्ण पालना गर्ने प्रतिवद्धता पनि जनाए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.