|

काठमाडौं : वाग्मती प्रदेश सरकार उद्योग,पर्यटन वन तथा वातावरण मन्त्रालय अन्तरगत पर्यटन विकास आयोजनामा कार्यरत एक जना सव–इन्जिनियर ५० हजार घुससहित पक्राउ परेका छन्।

सेवाग्राहीबाट लिएको ५० हजार घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सव–इन्जिनियर नेत्र प्रसाद लामिछानेलाई शुक्रबार पक्राउ गरेको हो।
विशेष सुराकीको आधारमा आयोगको टंगालबाट खटिएको टोलीले रकम सहित उनलाई पक्राउ गरिएको आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रसाद रिसालले बताए।

उनलाई थप अनुसन्धानको लागि हेटौंडाबाट काठमाडौं लगिएको छ। चितवनको माडी नगरपालिका स्थायी घर भएका ४० वर्षीय लामिछाने एक वर्ष देखि पर्यटन विकास आयोजनाका कार्यरत कर्मचारी हुन्। उनको धादिङ, चितवन, रसुवा र नुवाकोट कार्यक्षेत्र हो।

उनले धादिङ जिल्लाको खनियाँवासमा आव २०७५÷०७६ मा निर्माण गरिएको पर्यटन पदमार्गको धरौटी रकम फिर्ता गर्ने कामको शिलशीलामा सेवाग्राही सँग रकम लिएको अख्तियारले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.