|

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड माधव समूहको संसदीय दलको बैठकले प्रचण्डलाई संसदीय दलको नेता चयन गरेको छ। प्रचण्ड माधव पक्षको संसदीय दलको बैठकले प्रचण्डलाई संसदीय दलको नेता चयन गरेको सांसद रामकुमारी झाँक्रीले जानकारी दिइन्। 

'आजको संसदीय दलको बैठकले अध्यक्ष प्रचण्डलाई नेता चयन गरेको छ। भने, कानुनी प्रक्रिया पुरा गरेर दलको नेताबाट केपी शर्मा ओली, उपनेता सुवासचन्द्र नेम्वाङ लगायतलाई कारबाही गरेका छौँ', उनले भनिन्। उनले बैठकमा बहुमत सांसद उपस्थित भएको दाबी गरिन्। 

वरिष्ठ नेता झलनाथ खनालको अध्यक्षतामा सिंहदरबारमा बसेको बैठकले प्रचण्डलाई संसदीय दलको नेता चयन गरेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेपछि सर्वोच्चले बदर गरेपछि पहिलो यही २३ गते संसदको बैठक बस्दै छ। संसदमा कसरी अगाडि बढ्ने भन्नेबारे रणनीति तयार गर्नका लागि बैठक बोलाएको थियाे। 

नेकपाका १ सय ७४ सांसदमध्ये १ जनाको निधन भएको छ। आज नेकपा विभाजनपछि नेकपाको सांसदहरुको पनि कित्ताकाट भएको छ। यसअघि ओलीविरुद्ध अविश्वासको प्रस्तावमा ९० सांसदले हस्ताक्षर गरेका थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.