|

भरतपुर : नारायणगढ–मुग्लिङ सडक खण्ड फागुन २३ गतेदेखि दैनिक साढे ४ घण्टा बन्द हुने भएको छ।

यस खण्डको चार किलोमा पहिरो रोकथामको बाँकी काम सुचारु हुने भएकाले फागुन २३ गते देखि २९ गतेसम्म सडक बन्द हुने जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।

बिहान साढे १० बजेदेखि दिउँसो ३ बजेसम्म सडक बन्द हुने जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक दयाकृष्ण भट्टले जानकारी दिए। यस समयमा दुईतर्फी आवागमन नै अवरुद्ध हुने भएकाले सकभर वैकल्पिक बाटो प्रयोग गर्न उनले आग्रह गरेका छन्।

यस अवधिमा नारायणगढ तर्फबाट गएका सवारी साधनहरु जलबिरे र मुग्लिङ तर्फबाट आउने सवारी साधनलाई मुग्लिङ नजिक शान्ति बजारमा रोकिने उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.