|

दाङ : तुलसीपुर उपमहानगरपालिकाले भूमि नक्साकंन गर्ने भन्दै साढे तीन लाख बढी मूल्यको ड्रोन क्यामेरा ल्याएको छ। सुकुम्बासी, दलित भूमिहिन तथा अब्यवस्थित बसोबासीको लगत संकलन कार्य सम्पन्न भएर नक्सांकन गर्न ड्रोन क्यामेरा प्रयोग सर्वेक्षण गरिने उपमहानगरले जनाएको छ।

उपमहानगरपालिका भित्रका १९ वटै वडामा सर्वेक्षण गर्न ड्रोन क्यामेरा ल्याइएको शुक्रबार पत्रकार सम्मेलनमार्फत जानकारी दिइयो। मेयर घनश्याम पाण्डेले भूमि व्यवस्थापन, योजनाको अनुगमन कार्यलाई छिटो छरितो बनाउन ड्रोनको प्रयोग गरिने जानकारी दिए। बजार क्षेत्रलाई निगरानी गर्न ड्रोन क्यामेराले थप मद्दत पुग्ने समेत उनले बताए।

मेयर पाण्डेले ड्रोन क्यामेराको माध्यमबाट भू–सुचना प्रणालीलाई व्यवस्थित गर्ने कामलाई सहज हुने दाबी गरे। उपमहानगरपालिकाका नापी अधिकृत प्रदीप ज्ञवालीले भूमि प्रशासन,भूमि व्यवस्थापनका चुनौती र रुपान्तरणकारी योजनाका बारेमा जानकारी दिए। उनले कानुनी निर्देशिका अनुसार उपमहानगरपालिकामा ड्रोनबाट नक्साङ्कन गर्ने योजना बनाइएको समेत बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.