|

काठमाडौं :  शहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा ब्वाइज युनियन क्लबले जित निकालेको छ। एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा ब्वाइज युनियनले टुसाल युथ क्लबलाई १–० गोल अन्तरले पराजित गरेको हो।

ब्वाइज युनियनलाई जित दिलाउन मिलन लिम्बुले गरेको एक गोल नै निर्णायक बन्यो। जितसँगै १० खेलमा १७ अंक जोडेको ब्वाइज चौंथो स्थानमा यथावत रहेको छ।

टुसाल १० खेलमा ९ अंक जोडेर आठौं स्थानमा रहेको छ। आजै दिउँसो साढे ३ बजे हुने अर्को खेलमा खुमलटार युथ क्लब र श्री भगवती भिड्दैछन्। खुमलटार २२ अंकसहित तालिकाको दोस्रो स्थानमा छ। श्री भगवतीले समान ९ खेलबाट ९ अंक नै जोडेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.