|

ताप्लेजुङ : निर्माणाधीन मध्य तमोर जलविद्युत आयोजनाको सुरुङ भित्र दुईजना मजदुरको मृत्यु भएको छ। सुरुङ खन्ने क्रममा ढुङगा लागेर शनिबार दिउसो दुई मजदुरको मृत्यु भएको हो।

आयोजनाका जनसम्पर्क अधिकृत करण गौतमले उदयपुर घरभएका २२ वर्षका अमर बिश्वकर्मा र भोजपुर घर भएका सन्तोष बानियाँको मृत्यु भएको जानकारी दिए। आयोजनाका भूगर्भविद् सूर्य लिम्बुका अनुसार सुरुङ खनेर जाँदा सर्पोट लगाउनु पर्छ। त्यो लगाउने माथिबाट लडेको ढुङगाले लागेर दुई जनाको ज्यान गएको हो।

सुरुङ भित्र पसेका अरु सकुशल रहेको लिम्बुले बताए। मिक्वाखोला गाउँपालिका–२ खोक्लिङको थुम्वाबाट फक्ताङलुङ गाउँपालिका–१ सावादिनतर्फ सुरुङ खन्नेक्रममा दुर्घटना भएको जनसम्पर्क अधिकृत गौतमले जानकारी दिए। आउटलेट टर्नेलबाट हेडबक्स तर्फ १३ सय ९७ मिटर सुरुङ निर्माण भएको छ। त्यहीँ पुग्दा दुईजना दुर्घटनामा परेको लिम्बुले बताए।

७३ मेगावाट क्षमताको यो आयोजना २०७४ सालबाट निर्माण सुरु भएको हो। २०७८ मा निर्माण सम्पन्न हुने आयोजनाको सुरुङमार्ग ३ हजार ३ सय ६७ मिटर निर्माण गर्नुपर्ने छ। सो आयोजना सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेड कम्पनीले निर्माणको जिम्मा पाएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.