|

बैतडी : नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले कांग्रेसलाई सरकारमा जान रहन नभएको बताएका छन्। शनिबार बैतडीको पाटनमा नेपाली कांग्रेसले आयोजना गरेको क्रियाशील सदस्यता सम्बन्धि अन्तरक्रिया तथा छलफल कार्यक्रममा उनले कांग्रेसलाई अहिले सरकारमा जान रहर र चाहना नभएको बताएका हुन्।

‘कांग्रेस सत्तामा जाने कि नजाने भनेर पनि धेरै झगडा गर्नुको अर्थ छैन’ उनले भने,‘कांग्रेसलाई सरकारमा जान रहर पनि छैन चाहना पनि छैन। यो कुरा सत्य हो। ५ वर्ष जनताले विपक्षमै बस्न जनादेश दिएको हो।’

घुउमाउरो पारामा भने लेखकले सरकारमा जान सकिने धारणा राखे। ‘सरकार चलाउनेले मुलुकलाई सरकार दिन सकेन भने देश सरकारविहीन हुदैन्’ उनले भने,‘यो डिभेटमा धेरै फस्नुको अर्थ छैन। हामी सरकार बनाउदैंनौ, जादैंनौं ठिकै छ, तर सरकार बनाउनुपर्नेले बनाउन नसके भने के गर्नु? सन्यास लिन्छौं, हरिद्वार जान्छौं? होइन होला नि?’ उनले थपे ‘अहिले कुरा गर्ने त नेकपाले हो नि।

६४ प्रतिशत प्रतिनिधि सभामा मत छ। अब प्रतिनिधि सभामा कुन ढंगले अगाडि बढ्छन् त्यसपछि कांग्रेस आफ्नो भूमिकामा उत्रिन्छ।’ कांग्रेस क्रियाशील सदस्यता छानबिन समितिका संयोजक समेत रहेका लेखकले कांग्रेस अहिले नेकपाको कुनै समूहको पक्षमा नरहेको बताए। उनले भने,‘उहाँहरूले जबसम्म आफ्नो भूमिका स्पष्ट गर्नुहुन्न तबसम्म कांग्रेसले कसैका पछि लागिहाल्नुपर्ने छैन्, उनीहरूले  एउटै पार्टी राखेर एकले अर्कालाई सिध्याउने धन्दा हो।’ जनताको झण्डै दुई तिहाइ मत लिएर सरकारमा पुगेको नेकपा अहिले तमासा देखाइरहेको उनले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.