|

कञ्चनपुर : लोकसेवा आयोग दिपायल केन्द्रबाट महेन्द्रनगर क्षेत्रका विभिन्न परीक्षा केन्द्रहरूमा सञ्चालन भएको प्रहरी जवान पदको लिखित परीक्षामा २२ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमर बहादुर थापा क्षेत्रीका अनुसार नागरिकताको प्रमाणपत्र र प्रवेश पत्रमा फोटो परिवर्तन गरी हस्ताक्षर कृते गरी परीक्षा दिनेहरूलाई पक्राउ गरी अनुसन्धान थालिएको छ।

पक्राउ पर्नेमा कैलालीको कैलाली गाउँपालिका–३ का १८ वर्षीय अविनाश चौधरी, २० वर्षीय लेखराज चौधरी, विशाल चौधरी, दार्चुलाको मार्मा गाउँपालिका–३ का गोकुल धामी, २४ वर्षीय दिनेश महरा, बझाङ मष्ठा गाउँपालिका–४ का १९ वर्षीय अजय कठायत, वर्ष १८ का बलराम कठायत, २० वर्षीय कमल कठायत, वर्ष १८ का प्रविन कठायत, बझाङ तल्कोट गाउँपालिका–३ का लोकराज जोशी रहेका छन्।

यसैगरी धनगढी उप–महानगरपालिका ४ का वर्ष १८ का विपिन चौधरी, सोही उप–महानगरपालिका–५ का लक्ष्मण चन्द, वर्ष १८ का सागर बहादुर देउवा, बझाङको तल्कोट गाउँपालिका २२ वर्षीय दिनेश खाती, वर्ष १९ का नविन जोशी, कैलालीको टीकापुर नगरपालिका–२ का वर्ष १८ का सागर बोहरा छन्। बझाङ थलारा गाउँपालिकाका वर्ष २० का शिवराज नेपाली, दुर्गाथली गाउँपालिका–५ का वर्ष २० का कृष्ण कठायत, १९ का विक्रम बोहरा, बुंगल नगरपालिका–७ का वर्ष २२ का विमल बोहरा र २० का जीवन बोहरालाई प्रहरीले पक्राउ गरेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.