|

विराटनगर :  पूर्व पश्चिम राजमार्ग अन्तर्गत मोरङको सुन्दरहरैँचा सडक खण्डमा आज विहान भएको  सवारी दुर्घटना हुदा दुई जनाको मृत्यु भएको छ। घटनामा दुई जना गम्भीर घाइते भएका छन्।

सुन्दरहरैँचा नगरपालिका–८ र ७ को सिमानास्थित मध्याली पुलनजिक हायस माइक्रो र मोटरसाइकल ठोक्किएर दुर्घटना हुदा  मोटरसाइकलमा सवार मोरङको बेलबारी नगरपालिका–११ का २१ वर्षीय अर्जुन न्यौपाने र मनोज कटुवालको मृत्यु भएको हो।

दुर्घटनामा परी घाइते भएका उनीहरुको विराटनगरस्थित कोशी अस्पतालमा उपचारका क्रममा विहान मृत्यु भएको थियो। प्रदेश १ ट्राफिक प्रहरी प्रमुख एसपी सञ्जीव शर्माका अनुसार काठमाडौंबाट यात्रु लिएर झापाको बिर्तामोडतिर जाँदै गरेको बा ४ ख ६९६ नम्बरको हायस माइक्रो र विपरीत दिशा आइरहेको  प्रदेश २–०२–००१ प ३८७८ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना भएको हो।  तीव्र गतिमा रहेको मोटरसाइकल एक्कासि हायसको अगाडिको भागमा ठोकिएर मध्याली पुलनजिक ठोकिन पुगेको थियो। 

दुर्घटनापछि मोटसाइकलमा आगलागी भएको थियो। जसका कारण मोटसाइकल आगलागीमा परेर  पूर्ण रुपमा जलेको छ।

दुर्घटनामा हायसका चालक काठमाडौं बस्ने २८ वर्षीय गणेश थापा र सह–चालक मोरङ बेलबारीका अन्दाजी १८ वर्षीय उत्सव गिरी घाइते भएका छन्। गम्भीर अवस्थाका दुवै जनाको विराटनगरस्थित विराट नर्सिङ होम एवं विराटनगर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.