|

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-माधव पक्षले अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई संसद् सचिवालयलाई जानकारी गराएको छ।

संसद् बैठक बस्नुअघि बहुमत सांसदको हस्ताक्षरसहित संसद् सचिवालयमा यसबारे जानकारी गराएको हो। 

यस्तै, बहुमत सांसदहरूको उपस्थितिमा प्रधानमन्त्री केपी शर्मा ओलीले हटाएका प्रमुख सचेतक पनि आधिकारिक नभएको दाबी गरिएको छ। उनीहरूले सचेतकमा देव गुरुङ नै यथावत् भएको दाबी गरेका हुन्‌।

संसदीय दल बैठकका निर्णय जानकारी गराउन नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड, माधव नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, देव गुरुङसहितका नेताहरूले संघीय संसदका महासचिव डा. भरतराज गौतमलाई जानकारी गराएका छन्। 

शुक्रबार बसेको संसदीय दलको बैठकले प्रचण्डलाई संसदीय दलको नेता चयन गरेको थियो। बैठकमा १ सय १५ जना सांसद् उपस्थित भएको दाबी गरेका छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.