|

काठमाडाैं : स्पेनिस ला–लिगा फुटबलमा आज मड्रिड डर्बीबीच प्रतिस्पर्धा हुँदैछ।

खेल नेपाली समयअनुसार राति ९ बजे एट्लेटिकोको मैदानमा हुनेछ। जारी लिगमा एट्लेटिको २४ खेलबाट ५८ अंकसहित शीर्ष स्थानमा छ। साविक विजेता रियल २५ खेलबाट ५३ अंकसहित तेस्रो स्थानमा छ।

दोस्रो स्थानको बार्सिलोनाको २६ खेलबाट ५६ अंक छ। आफ्ना पछिल्ला पाँच खेलमा रियल हाबी देखिएको छ। उसले पछिल्ला पाँच मध्ये ४ मा जित निकालेको छ भने १ खेल बराबरी खेलेको छ।

एट्लेटिकोले भने आफ्ना पछिल्ला पाँच खेलमध्ये २ खेलमा जित निकाल्दा एक खेल पराजय भोग्नुका साथै दुई खेल बराबरी खेलेको छ। आजको खेलमा जित निकाल्न सके बार्सिलोनासँग अंक बराबरी गर्दै रियलले उपाधि होडलाई थप बलियो बनाउनेछ।

लिगमा आजै राति अन्य तीन खेल पनि हुनेछन्। जसमा बेलुकी पौने ७ बजे हुवेस्का र सेल्टा भिगो भिड्दा सवा ११ बजे रियल सोसिडाड र लेभान्टे तथा राति पौने २ बजे एथ्लेटिक क्लब बिल्बाओ र ग्रानाडाबीच प्रतिस्पर्धा हुनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.