|

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड माधव समूहका नेता एवं संसदीय दलका मुख्य सचेतक देव गुरुङले ओली, प्रचण्ड नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपा खारेज गर्ने सर्वोच्च अदालतको फैसलालाई ‘बेठिक टाईम’ को न्यायको संज्ञा दिएका छन्।

संसदीय दलका नेता परिर्वतनको सूचना दर्ता गराएर निस्कदै गर्दा संसद सचिवालय सिंहदरबारमा संचारकर्मीलाई फैसलाबारे प्रारम्भीक प्रतिक्रिया दिँदै नेता गुरुङले ‘बेठिक टाईम’ मा न्याय दिने काम भएको बताएका हुन्। अदालतको फैसलाले दलको आधिकारिकता सम्बन्धी निर्वाचन आयोगको ‘डेढलक’लाई अझै मद्दत पुग्न सक्ने उनको भनाई छ।

नेता गुरुङले फैसलासँगै पूर्वनेकपा एमाले र पूर्वनेकपा माओवादी केन्द्रलाई व्युँताई यथास्थानमा गयो भन्न नमिल्ने तर्क गरे। ‘पार्टी एकीकरण पछि तीन वर्षमा धेरै कामहरू भएका छन्’ गुरुङले भने,‘त्यसलाई सरकारले पनि स्वामित्वमा लिएकाले नाम परिवर्तन हुँदैमा एकीकरणका सबै काम मेटिदैनन्।’

फैसला पछि नेपाल कम्युनिष्ट पार्टी नेकपाको निर्वाचन आयोगमा चलिरहेको वहसको सम्बन्धमा केही प्रभाव भने अवश्य पर्ने उनको भनाई छ। न्याय दिने काम ढिलो भएको उनले प्रतिक्रिया दिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.