|

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको फैसला मान्ने बताएका छन्। संसद् भवन परिसरमा सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले भने, ‘हामी सर्वोच्च अदालतको निर्णय मान्छौँ, त्यसलाई कार्यान्वयन गछौँ।’ त्यसबारे अदालतको निर्णय अध्ययन गरेर बोल्ने बताए। 

नेपाल कम्युनिस्ट पार्टीको आधिकारिकता ऋषि कट्टेललाई दिएपछि प्रधानमन्त्री ओलीले यस्तो टिप्पणी गरेका छन्। न्यायाधीशद्वय कुमार रेग्मी र बमकुमार श्रेष्ठको संयुक्त इजलासले कट्टेललाई नेकपाको आधिकारिकता कट्टेललाई दिने निर्णय छ। 

फैसलासँगै अब ओली र प्रचण्ड नेकपाको आधिकारिकता खारेज भएको छ। कट्टेलले नेकपाको आधिकारिकता दाबी गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए। कम्युनिस्ट पार्टीका अध्यक्ष कट्टेलको दाबीअनुसार उनले नेतृत्व गरेको दल २०७० साउन २२ मा निर्वाचन आयोगमा दर्ता भएको थियो। 

उक्त पार्टीको संक्षिप्त नाम नेकपा भनी जनाइएको थियो। निर्वाचन आयोगमा कट्टेल नेतृत्वको नेकपाको दर्ता आयोगमा कायमै थियो। तर, अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अदालतको निर्णय सोचेभन्दा फरक आएको टिप्पणी गरेका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.