|

लिभरपुलको अविश्वसनिय खराब यात्रा जारी छ। प्रिमियर लिगमा लिभरपुलले लगातार घरेलु मैदानमा छैटौं खेलमा हार बेहोर्‍यो। रेलिगेसन जोनमा रहेको फुलह्यामले सनसनीपूर्ण रुपमा १–० ले लिभरपुललाई स्तब्ध बनायो।

४५ औं मिनेटमा मारियो लेमिन्सको गोलमा लिएको अग्रता कायम राख्न सफल हुँदा लिभरपुल स्तब्ध बन्यो। फुलह्यामले महत्वपूर्ण तीन अंक हात पारेसँगै ब्राइटनसमान २६ अंक बनाएको छ।

एनफिल्डमा फुलह्यामले २०१२ पछि जित हासिल गरेको हो। जारी सिजन खराबप्रदर्शन गरिरहेको लिभरपूल शीर्ष चारका लागि संघर्षरत छ। 

लिभरपुल बर्नलीसँग जनवरीमा घरेलु मैदानमा पराजित भएयता लगातार ६ खेलमा पराजित भयो। त्यसयता ब्राइटन, म्यानचेस्टर सिटी, एभर्टन, चेल्सी र अहिले फुलह्यामसँग पराजित भएको हो।

गत सिजन सनसनीपूर्ण प्रदर्शन गर्न सफल प्रशिक्षक क्लोपका लागि भने जारी सिजन निकै सकसपूर्ण बन्दै गएको छ। एकपछि अर्को हारले लिभरपुलको च्याम्पियन्स लिग छनोट नै धर्मर भएको छ।

लिभरपुल अहिले २८ खेलबाट ४३ अंकसहित सातौं स्थानमा छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.