|

भारतको प्रतिआतंकवाद नियन्त्रक एजेन्सीहरूले गत जनवरीमा दिल्लीस्थित इजरायली दूतावास नजिक भएको बम आक्रमणमा ईरानको हात रहेको रिपोर्ट तयार पारेको छ। 

गत जनवरी २९ मा दिल्लीस्थित अब्दुल कलाम रोडमा रहेको इजरायली दूतावासमा आइइडी (उन्नत विस्फोटक उपकरण) पड्किएको थियो। विस्फोटमा कुनै क्षति भने भएको थिएन। 

भारतको जाँचबुझ एजेन्सीहरूले सो विस्फोट गराउन संलग्न भएकाहरूको सूची नै तयार गरेको जानकारी दिएको छ। ईरानको कुर्द बलले सो हमला गराएको भारतले दाबी गरेको छ। 

सो विस्फोट इजरायली र इस्लामिक रिभोल्यूशनरी गार्डबीच लामो समयदेखि चलिरहेको युद्धको एक हिस्सा रहेको हिन्दुस्तान टाइम्सले लेखेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.