|

काठमाडौं :  कोभिडविरुद्धको खोप लगाउनका लागि धेरैजसो ६५ वर्षमाथिका ज्येष्ठ नागरिकहरुको उमेर खुल्ने परिचयपत्र नहुँदा समस्या भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना अद्यावधिक अपडेटसम्बन्धी आजको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले उमेर खुल्ने परिचय पत्र नभएकाले खोप नलगाइ फर्काइएको गुनासो धेरै आएको बताए।

साथै उनले समस्याको समाधानका लागि सम्बन्धित वडा कार्यलयले ज्येष्ठ नागरिकहरुलाई उमेर खुल्‍ने सिफारिस गराइदिएर खोप अभियानमा सहयोग गर्न आग्रह गरे। उनले भने, ‘उमेर खुल्ने परिचयपत्र नहुँदा धेरैले खोप लगाउन पाइएन भन्ने गुनासो धेरै आएको छ त्यसैले हामी सबै वडा कार्यालयलाई उमेर खुल्ने गरी सिफारिस गरिदिएर खोप अभियानमा सहयोग गर्न आग्रह गर्छौँ।'

नेपालमा कोरोनाविरुद्धको दोस्रो खोप अभियान सुरु भएको छ। आइतबार सुरु भएको दोस्रो चरणको खोप अभियानमा एकैदिनमा १ लाख ६५ हजार ४२८ जनाले खोप लगाएका थिए ।

सरकारले  ६५ वर्षमाथिका ज्येष्ठ नागरिक र यसअघि छुटेका स्वास्थ्यकर्मीहरूले खोप दिने व्यवस्था सरकारले यो चरणमा मिलाएको छ। ३७४ वटा पालिकाका २ हजार ४१९ वटा खोप केन्द्र सञ्चालन भइरहेको बताइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.