|

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी नेकपाका स्थायी कमिटी सदस्य रघुजी पन्तले पार्टी एकताका लागि फेरि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच छलफल हुनुपर्ने बताएका छन्। 

पेरिसडाँडामा बसेको स्थायी कमिटीको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भने, ‘एकता  जोगाउन सकिन्छ भने ओली र प्रचण्डले फेरि छलफल गर्नुपर्छ भनेर मैले बैठकमा कुरा राखे।’

उनले सर्वोच्चको फैसलालाई सम्मान गर्नुपर्ने बताए। ‘अदालतको फैसलालाई सम्मान गर्नुपर्छ। तर, अदालतको फैसला संवैधानिक भन्दा पनि राजनीतिक धेरै देखियो’ उनले भने, ‘पार्टी एकता जोगाउनुपर्छ भने त्यतातिर लाग्नुपर्छ भन्नेमा सबैको जोड छ।’

प्रचण्ड–माधव पक्षको स्थायी कमिटी बैठक पेरिसडाँडामा जारी छ।  
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.