एमालेमै गएर संघर्ष गर्ने माधव नेपाल पक्षको निर्णय

|

काठमाडाैं : प्रचण्ड–नेपाल स्थायी समितिको बैठकले पूर्वएमाले र पूर्वमाओवादी अलग अलग भएर जाने निर्णय गरेको छ। 

पेरिसडाँडामा आज बसेको यो समूहको बैठकले यस्तो निर्णय गरेको हो। बैठकबारे जानकारी गराउँदै वरिष्ठ नेता झलनाथ खनालले आआफ्नो पार्टीबाट रहेर एकताका लागि पहल गर्ने निष्कर्ष बैठकले निकालेको बैठकपछि बताए। 

अब एमाले र माओवादी केन्द्र आफ्नोआफ्नो हिसाबले अघि बढ्ने भएका छन्। खनालले भने, ‘अदालतको फैसला राजनीतिक भयो, यसमा हाम्रो असहमति छ। तर फैसला मान्नैपर्यो,’ बैठकबाट फर्किंदै खनालले भने, ‘फेरि भेटौंला।’
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.