|

काठमाडाैं : सर्वोच्च अदालतले नेकपा नामधारी पार्टी ऋषि कट्टेलको नाममा फैसला गरिदिएपछि सत्तारुढ नेकपामा यसले हलचल नै ल्याइदियो। प्रधानमन्त्री केपी ओलीको विरोध गर्दै दुई कित्तामा बाँडिएको सत्तारुढ नेकपा सर्वोच्चको फैसलासँगै पुनः एमाले र माओवादी केन्द्रमा फर्कन बाध्य भए। 

यस्तैमा पूर्वमाओवादी केन्द्रका नेताहरु प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा उभिन थालेपछि ओली गठबन्धनमा पुगेका खानेपानी तथा सरसफाइ मन्त्री मणिचन्द्र थापाले पनि आफ्नो राजनीतिक भविष्य केपी ओली नेतृत्वको समूहबाट अगाडि बढाउने निष्कर्षमा पुगे।  

संघीय सांसद नरहेका मन्त्री थापाले नेपाल न्युज नेटवर्कसँगको अन्तर्वार्तामा क्रममा नेपालको राजनीति केपी ओलीको नेतृत्वबाट नै अगाडि बढ्न सम्भव रहेको बताएका छन्। 

राष्ट्रवाद, देश विकास र स्थायित्व प्रधानमन्त्री ओलीबाट मात्र सम्भव टिप्पणी गर्दै पूर्वमाओवादीबाट ओली पक्षमा आएका नेता उनले माओवादी पार्टीमा नफर्किने पनि बताएका छन्।

कुराकानीको क्रममा अबको राजनैतिक निकास निर्वाचनबाट मात्र सम्भव भएकोले देश निर्वाचनमा जानुपर्ने उनले बताए। राजनीतिक दलहरु सरकार फेरबदल गर्ने गठबन्धन बनाउने भन्दा पनि निर्वाचनका लागि तयार हुनुपर्ने उनको भनाइ छ। 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.