'आजदेखि मुल मन्दिरमा साधुसन्त निर्वस्त्र बस्न थाले'

|

काठमाडौं : 'महाशिवरात्रिमा पशुपति जाँदै हुनुहुन्छ भने अनिवार्य मास्क लगाउनुहोला। मास्क नलगाए दर्शन गर्न पाइँदैन।'

महाशिवरात्रि आयोजना सम्मेलनको जानकारी दिन मंगलबार पशुपति विकास कोषले आयोजना गरेको पत्रकार सम्मेलनमा सदस्य सचिव डा. प्रदीप ढकालले कोभिड महामारीको जोखिम रहेकोले दर्शनार्थीले अनिवार्य मास्क लगाउन आग्रह गरे। यसपटकको महाशिवरात्रि फागुन २७ गते परेको छ।

कोभिड महामारीको अन्त्य नभए पनि सदाझैँ महाशिवरात्रि यसपटक पनि भव्यताको साथ मनाउने तयारी गरेको उनले बताए। ढकालले भने, 'दर्शनार्थीले अनिवार्य भौतिक दूरी कायम गर्नुपर्ने, स्यानिटाइजर र मास्क अनिवार्य लगाउनुपर्नेछ।'

नेपाल प्रहरीको अगुवाइमा सशस्त्र प्रहरी बल तथा राष्ट्रिय अनुसन्धान विभाग समेतबाट सुरक्षाकर्मी परिचालन हुने उनले जानकारी दिए।

नेपाल स्काउटका समेत गरी ४ हजार स्वयमसेवक परिचालन हुने डा. ढकालले जानकारीले दिए। मन्दिर नजिकैको गेटमा स्वास्थ्य शिविर सञ्चालन हुनेछ। उक्त दिन सशस्त्र प्रहरी,नेपाली सेना र नेपाल प्रहरीको गरेर ३० वटा स्वास्थ्य संस्थाको शिविर हुनेछन्।

भारतबाट करिब ३ हजारको हाराहारीमा बाबाहरू आइसकेको उनले प्रस्ट पारे। बाबाहरूलाई मन्दिर परिसरका विभिन्न आश्रममा व्यवस्थापन गरिसकेको उनको भनाइ छ। बाहिरबाट आएका बाबालाई विकास महाशिवरात्रि भरि खाने बस्नेको राम्रो प्रबन्ध मिलाइने थप उनले जानकारी दिए।

कोषले बाबाहरूलाई चिसोबाट बच्न धुनीको समेत व्यवस्था गरेको छ। 'महाशिवरात्रि सम्पन्न भएपछि गुठी संस्थानले गरेबमोजिम बाटो खर्चसहित साधुसन्त,जोगी बाबाहरूका लागि बिदाइ गर्नेछ,' ढकालले भने।

मुल मन्दिरमा आजदेखि निर्वस्त्र बाबाहरू प्रवेश गरिसकेको ढकालले बताए। निर्वस्त्र बस्ने बाबाहरूको विरोध भए पनि परापूर्व कालदेखि चलिआएको चलनले यसलाई निरन्तरता दिएको उनी सुनाउँछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.