|

काठमाडौं : नेकपा माओवादी केन्द्रले सरकार सञ्चालनको बिषयमा छलफल गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)सँग छलफल गर्ने निर्णय गरेको छ। पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटीको बैठकले यस्तो निर्णय गरेको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए।
 

‘संसद संचालन, सरकार र संविधान कार्यान्वयन गर्ने बिषयमा हामीले कांग्रेस र जसपासँग छलफल गर्ने निर्णय गरेका छौँ’ उनले भने, ‘आवश्यक परेको खण्डमा एमालेसँग पनि वार्ता गर्ने सकिन्छ।’ 

उनले फागुन २९ गते केन्द्रीय कमिटीको बैठक र चैत १ गते कार्यकर्ता भेला आह्वान गरेकोसमेत बताए। सरकारलाई दिएकाे समर्थन के गर्ने भन्नेबारे केही निर्णय नभएको प्रवक्ता श्रेष्ठले बताए। 

‘अदालतको निर्णयपछि ओली पक्षमा रहेका नेताहरुले आफ्नो दृष्टिकोण सार्वजनिक गर्नुभएको छैन। उहाँहरुको आधिकारिक धारणा आएपछि मात्रै हामी निर्णय गछौँ’ उनले भने। 

पार्टी एकता जोगाउन धेरै पहल गरेको उनले दाबी गरे। ‘कम्युनिस्ट एकतालाई जोगाएर समाजवादको बाटो तय गर्ने अवसर तयार गरेको थियो। तर, अहिले हामीले त्यो अवसर गुमायौँ’ उनले भने। 

पार्टी एकताको सम्भावना बारेमा अदालत निर्वाचन आयोग भन्न नपर्ने तर्क गरे। ‘हामीलाई आयोग र अदालतले भनेर एकता गर्ने होइन। हामी पहल गछौँ वातावरण मिल्यो भने गछौँ। नमिले गर्दैनौँ’ उनले भने। 

स्थायी कमिटीको बैठक भोलि पनि बस्ने उनले बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.