|

काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले समयमै पाठ्यपुस्तक छापेर विद्यार्थीको हातमा पुर्याउन निर्देशन दिएका छन्। मंगलबार जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको अनुगमनका क्रममा श्रेष्ठले जनक शिक्षा सामग्री केन्द्रले विद्यार्थीलाई समयमा पुस्तक दिन नसकेको आलोचना धेरै आउने भन्दै अब त्यस्तो गुनासो आफूले सुन्न नचाहेको बताए।

कुनैपनि हालतमा विद्यार्थीलाई पाठ्यपुस्तक अभाव हुन नदिनेगरी पुस्तकको प्रकाशन गर्न उनले निर्देशन दिएका छन्। समयमै पुस्तक छापेर पहिले दुर्गम क्षेत्रमा पुर्याउन पनि उनले निर्देशन दिए। ‘समयमै पुस्तक विद्यार्थीको हातमा पुग्न सकेन भन्दै आलोचना धेरै आउने गर्छ। अब यो आलोचना विगतमा जे जस्तो आयो।

बिगतको मैले पास्ट इज पास्ट भनिसकेको छु। वर्तमानमा म यो कमेन्ट सुन्न चाहान्न’ श्रेष्ठले भने,‘त्यसको लागि तपाइहरूलाई के अप्ठ्यारो छ? पाठ्यक्रमबाट सामग्री नआएको हो भने किन ढिला भएको छ तत्काल तपाइहरू आफै पनि पहल गर्नुस्।’ नयाँ शैक्षिक सत्र असार देखि सुरु हुने भन्दै मन्त्री श्रेष्ठले कक्षा १ देखि १२ सम्मको पुस्तक प्रकाशन गर्न निर्देशन दिए।

त्यसैगरी जनक शिक्षा सामग्री केन्द्र निर्वाचनको लागि मतपत्र छाप्न पनि तयारी अवस्थामा रहनुपर्ने उनले बताए। कुनैपनि बेला मतपत्र छाप्ने निर्देशन आउने भन्दै उनले त्यसको लागि तयारी रहन आग्रह गरे। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.