|

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ। सभापति देउवालाई भेट्न अध्यक्ष प्रचण्ड केहीबेर अघि देउवा निवास बूढानीलकण्ठ पुगेको बुझिएको छ।

कांग्रेसका एक केन्द्रीय सदस्यका अनुसार देउवा र प्रचण्डबीच समसामयिक विषयमा छलफल भएको छ। पार्टी स्थायी कमिटि बैठक सकेर प्रचण्ड सिधै देउवा निवास बूढानीलकण्ठ पुगेका हुन्। भेटमा प्रचण्डले सभापति देउवासँग मुलुकको पछिल्लो राजनीतिक परिवेश र आगामी सत्ता साझेदारीका विषयमा कुराकानी भएको ति नेताले जानकारी दिए।

प्रचण्डले सभापति देउवासँग प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध संसद्मा अविश्वासको प्रस्ताव लैजाने तथा सत्ता साझेदारीका लगायतका विषयमा सहकार्य गर्न प्रस्ताव गरेको स्रोतले जनायो। जवाफमा सभापति देउवाले यस बिषयमा पार्टीमा छलफल गरेर निर्णय दिने बताएको बुझिएको छ। संसद पुनःस्थापना तथा नेकपा खारेज गर्ने सर्वोच्च अदालतको फैसलापछि प्रतिनिधिसभाको दोस्रो बैठक भोलि १ बजे बस्दैछ।

सर्वोच्चले नेकपा खारेज गर्दै तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्र व्युँताएपछि माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने या नलिनेबारे कुनै निर्णय लिएको छैन। माओवादी केन्द्रले कांग्रेसको साथ पाएमा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिन सक्ने संभावना छ। प्रचण्डले यसअघि पनि देउवालाई भेटेर सत्ता साझेदारीको प्रस्ताव गरेका थिए। सर्वोच्चका दुई वटा फैसला पछि नेपाली राजनीतिक वृतमा तरंग फैलिएको छ।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.