|

डडेल्धुरा : परशुराम नगरपालिकाकी १४ वर्षीया किशोरी बलात्कार आरोपमा चार जना पक्राउ परेका छन्।

चार–पाँच महिना अगाडिदेखि ललाई फकाई प्रलोभन देखाउँदै पटक पटक बलात्कार गरेको भन्दै प्रहरी चौकी शीर्षमा पीडित बालिकाका आफन्तले उजुरी दर्ता गरेपछि प्रहरीले ४ जनालाई नियन्त्रणमा लिएको हो।

आरोपित एक जनाको खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरीक्षक महेन्द्र नेपालले जानकारी दिए।

बलात्कार आरोपमा परशुराम नगरपालिका– ५ का २८ वर्षीय बलबहादुर पुन मगर, सोही ठाउँका १९ वर्षीय राजेश थापामगर, ७० वर्षीय प्रताप भट्टराई र १६ वर्षीय जगदीश थापा मगरलाई पक्राउ गरिएको उनले बताए।

अदालतबाट म्याद थप गरी हिरासतमा राखेर आरोपितमाथि अनुसन्धान भइरहेको उनले बताए।

फरार रहेका परशुरामन–५ कै २४ वर्षीय डम्फु सिजालीको खोजी भइरहेको प्रहरीले जनाएको छ। बालिकाको शारीरिक अवस्था सामान्य छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.