कसुरदारबाट जरिवानासमेत असुलउपर

|

संखुवासभा : जिल्लाका दुई स्थानमा बलात्कार गरेको कसुरमा जिल्ला अदालतले कैद सजायको फैसला सुनाएको छ।

शारीरिक अपाङ्गता भएकी १६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले सिलिचोङ गाउँपालिका –१ का पेम्बा शेर्पालाई ८ वर्ष कैद सुनाएको हो। 

जिल्ला न्यायाधीश शान्तिप्रसाद आचार्यको चैत १ गतेको इजलासले कसुर ठहर गर्दै ८ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना फैसला सुनाएको अदालतका श्रेस्तेदार कविराज राउतले जानकारी दिए।

पीडितले पाउने गरी क्षतिपूर्तिबापत ५० हजार रुपैयाँ कसुरदारबाट असुल गरी राहत कोषमा जम्मा गर्नसमेत सोही फैसलाले आदेश दिएको राउतले बताए। 

शेर्पालेगत मंसिर १८ गते  बलात्कार गरेको भन्दै आफन्तले प्रहरी कार्यालयमा उजुरी दिएका थिए। पीडितका आफन्तको उजुरीका आधारमा आरोपित शेर्पालाई प्रहरीले सोही दिन पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको थियो।

त्यस्तै २६ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा न्यायाधीश शान्ति प्रसाद आचार्यको इजलासले मादी नगरपालिका– ४ का २८ वर्षीय गोकुल भुजेललाई ७ वर्ष कैद सजायको फैसला सुनाएको छ।

इजलासले कसुर ठहर गर्दै मुलुकी अपराध संहिता २१९ (३) क बमोजिम पीडितले पाउने गरी क्षतिपूर्तिबापत २ लाख रुपैयाँ कसुरदारबाट असुल गरी राहत कोषमा जम्मा गर्नसमेत आदेश दिएको अदालतका श्रेस्तेदार राउतले जानकारी दिए।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.