|

सुर्खेत : बलात्कारको झुठो आरोप लगाउने महिलालाई जिल्ला अदालत सुर्खेतले साढे तीन वर्ष ६ महिना कैद सुनाएको छ।

जिल्ला न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको एकल इजलासले सोमबार आफूमाथि बलात्कार भएको भन्दै जाहेरी दिने वीरेन्द्रनगरकी ३७ वर्षीया महिलालाई तीन वर्ष ६ महिना कैद सजाय तोकेको हो। 

वीरेन्द्रनगर नगरपालिकाको लेखा शाखामा कार्यरत खेमराज शर्माले आफूलाई होटलमा बोलाएर बलात्कार गरेको भन्दै असोज ५ गते जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएकी थिइन्। आफूमाथि बलात्कार भएको भन्दै जाहेरी दिएकी ती महिलाले पछि बयान फेरेकी थिइन्। 

झुठो जाहेरी दिएर व्यक्तिको मानहानी गरेको ठहर भएपछि जाहेरी दिने महिलालाई कैद सजाय तोकिएको सुर्खेत अदालतका श्रेष्तेदार यामप्रसाद बास्कोटाले जनाए।  

‘कैद सजाय तोकिएकी महिलालाई पक्राउ गरेर कारागार चलान गर्न प्रहरीलाई पत्राचार गरेको श्रेस्तेदार बास्कोटाले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.