|

काठमाडौं : सिरहाको लहानस्थित मालपोत कार्यालयमा आइतबार भएको बम विष्फोटनमा संलग्न रहेको आशंकामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले बम विष्फोटनमा संलग्न रहेको आशंकामा लहान नगरपालिका–१८ का ३९ वर्षीय बलराम मण्डललाई पक्राउ गरेको हो।

सिरहाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुदीपराज भण्डारीले मण्डललाई सुखीपुर नगरपालिकास्थित सीमावर्ती क्षेत्रबाट पक्राउ गरिएको जानकारी दिए। भण्डारीका अनुसार मण्डल पहिले पनि बमकाण्ड तथा विभिन्न आपराधिक क्रियाकलापमा संलग्न हुँदैआएका छन्। 

मालपोत कार्यालयको सीसीटिभी फुटेजको अनुसन्धान तथा मण्डलको पछिल्लो गतिविधिकै आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ। मण्डललाई इलाका प्रहरी कार्यालय लाहानमा राखेर अनुसन्धान थालिएको भण्डारीले बताए।

बम विस्फोटमा परी ८ जना घाइतेको भएका थिए।बम विस्फोटनको जिम्मा जयकृष्ण गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चा क्रान्तिकारी समूहले लिएको थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.