|

काठमाडौं : उधारोमा भैँसी किनेको रकम माग्दा कुटपिट गरी ज्वाईको हत्या गर्ने एक जनालाई कञ्चनपुर प्रहरीले ४१ वर्ष पछि पक्राउ गरेको छ। साबिक परासन गाविस–१ च गाँउ बुद्दबस्तीका ७६ वर्षीय मलाङ तामाङ (लामा) लाई प्रहरीले ४१ वर्ष पछि पक्राउ गरेको हो।

गाउँकै ज्वाई नाता पर्ने नाम्जा तामाङबाट एक हजार पाँच सयमा भैँसी उधारो किनेका मलाङले रकम तिर्नुकोसाटो उल्टै नाम्जाको हत्या गरेको प्रहरीले जनाएको छ। कञ्चनपुर प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक अमर बहादुर थापा क्षेत्रीका अनुसार घट्ना २०३६ साल फागुन ८ गतेको हो। मलाङविरुद्ध तत्कालिन सुदूरपश्चिमाञ्चल क्षेत्रीय अदालतले २०४६ चैत २ गते १० वर्ष कैद सजायको फैसला सुनाएको थियो।

घट्नालगत्तै भारततर्फ फरार रहेका उनी पछिल्लो समय घरमा आएका थिए। उनलाई आवश्यक कारवाहीको लागि कञ्चनपुर जिल्ला अदालत पेश गरिएकोमा अदालतबाट कैद भुक्तानको लागि कारागार चलान गरिएको प्रहरीले जनाएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.