|

काठमाडौं : बल्खुको सुकुम्बासी टोलमा एकजनाले श्रीमतीको हत्या गरी शव बोरामा पोको पारिएको अवस्थामा भेटिएको छ। प्रहरीका अनुसार घट्ना सोमबार बेलुकीको हो।

सन्तोष सापकोटाले ३२ वर्षीया श्रीमती सन्तोषी श्रेष्ठ सापकोटाको हथौडा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ। महानगरीय प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले श्रीमतीको हत्या गरी सन्तोष फरार भएका छन्।

‘हथौडाले टाउकोमा प्रहार गरी हत्या गरेर उनी फरार छन्’ सिंहले भने,‘शव तन्ना र फ्लास्टिकले बेरेर फेरि बोराभित्र राखिएको थियो।’ घट्ना बेलुकी करिब ५ बजेतिरको भए पनि प्रहरीलाई भने सात बजेतिर मात्रै खबर आएको सिंहले जानकारी दिए।

श्रीमान श्रीमतीबीच पहिलेदेखि बिबाद हुँदैआएको र सन्तोषले श्रीमतीलाई डिभोर्स दिन भनेको प्रारम्भिक अनुसन्धानबाट खुलेको सिंहले बताए। हत्याको कारण नखुलको उनले जानकारी दिए।

प्रहरीका अनुसार सन्तोषका भाइ तेजबहादुरले रगत बगेको देखेपछि प्रहरीलाई खबर गरेका थिए। श्रीमान श्रीमती पछिल्लो समय बौद्धमा बस्दै आएका भएपनि सोमबार मात्रै बल्खु पुगेका थिए। प्रहरीका अनुसार सन्तोष लागुऔषध सेवनकर्ता हुन्। उनी यसअघि ६ महिना जेल बसेर छुटेको प्रहरीले जनाएको छ। प्रहरीले उनको खोजी भइरहेको जनाएको छ।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.