|

पर्वत : कास्कीको पोखरा महानगरपालिका–१८ सराङकोटमा भएको मोटरसाइकल दुर्घटनामा पर्वतका एक युवकको मृत्यु भएको छ। कुस्मा नगरपालिका–८ चुवा घर भएका ३२ वर्षीय माधव गिरीको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार मंगलबार दिउँसो ग१८प ४८१४ नंम्बरको मोटरसाइकलबाट पर्वत हुँदै पोखरा जाँदै गरेका गिरी सराङकोट–सडक खण्डस्थित गुम्बा दुर्घटनामा परेका थिए।

प्रहरीका अनुसार मोटरसाइकल अनियन्त्रित भई सडकबाट अन्दाजी ५० मिटर तल खसेको थियो। गम्भीर घाइते भएका माधवलाई उपचारका लागि सहारा अस्पताल पठाइए पनि उपचार क्रममा गिरीको मृत्यु भएको हो। 

मोटरसाइकल पछाडि बसेका चुवाकै ३२ वर्षीय गोविन्द गिरीको भने फिस्टेल अस्पताल पोखरामा उपचार भइरहेको छ। उनको स्वास्थ्य अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.