|

गुल्मी : गुल्मीमा चालु आर्थिक वर्षको आठ महिनाको अवधिमा ट्राफिक नियमको उल्लंघन घन गर्ने पाँच  हजार आठ सय सवारी साधनधनीलाई कारबाही गरिएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार साउनदेखि फागुनसम्म ट्राफिक नियम  उल्लंघन गर्ने तीन सय ८१ ट्रक, एक सय ९८ बस, दुई हजार एक सय ५० जिप कार, तीन सय ३८ ट्याक्टर, दुई हजार ७ सय ३३ मोटरसाइकललाई कारबाही गरिएको हो। 

जिल्ला ट्राफिक प्रमुख कृष्णप्रसाद आचार्यले मालवाहक सवारी साधनले क्षमताभन्दा बढी समान बोक्ने, जिप कारले क्षमताभन्दा बढी सवारी राख्ने, लाइसेन्स नबोक्ने र गलत स्थानहरूमा पार्किङ गरी राख्ने गरेको बताए।

यस्तै मोटरसाइकल चालकले बिनालाइसेन्स तथा मदिरा सेवन गरी चलाउँदा कारबाहीमा पर्ने गरेको उनले जानकारी दिए। आचार्यले यस अवधिमा सवारी कारबाहीबाट ३७ लाख ९१ हजार रुपैयाँ राजस्व संकलन भएको बताए।

यस अवधिमा जिल्लामा भएका २९ वटा सवारी दुर्घटनामा १७ जनाले ज्यान गुमाएका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.