|

किके सेटिनको बर्खास्तपछि बार्सिलोनाको प्रशिक्षकमा रोनाल्ड कोम्यान प्रशिक्षकको रुपमा आए। क्याटलान क्लबको लागि कोम्यान नयाँ नाम हैन।

उनले यसअघि क्लबमा खेलाडी र सहायक प्रशिक्षकको रुपमा बिताइसकेका छन्। ६ वर्ष खेलाडीको रुपमा क्याटलान क्लबमा रहेका कोम्यानले २ वर्ष सहायक प्रशिक्षकको रुपमा बिताएका हुन्।

२० वर्षपछि बार्सिलोनामा उनको पुनरागमन भएको थप नयाँ जिम्मेवारी सहित। यसअघि इंग्लिस क्लब एभरटन र साउथह्याम्पटनको प्रशिक्षक रहिसकेका कोम्यानलाई यसअघि नै बार्सिलोनाले  प्रशिक्षक बन्ने प्रस्ताव गर्दा उनले युरो २०२० सकिएपछि मात्र आउन सक्ने बताएका थिए। तर युरो कोरोनाले गर्दा एक वर्षका लागि स्थगित भएसँगै कोम्यानले निर्णय परिवर्तन गरेर बार्सा आएका विभिन्न अन्तराष्ट्रिय संचारमाध्यमहरुले उल्लेख गरे थिए।

सेटिन बर्खास्त परेको २ दिनपछि नयाँ प्रशिक्षकको रुपमा रोनाल्डको क्याटलान क्लबमा आएका हुन्। डच राष्ट्रिय टोलीका प्रशिक्षकको सम्झौता अवधि अझै २ वर्ष भएपनि छाडेर उनले स्पेनिस जाइन्टसँग २ वर्षे सम्झौता गरे।

डच फुटबल एसोसिएसनले आगामी कतार विश्वकपसम्म कोम्यानलाई प्रमुख प्रशिक्षकको रुपमा राख्न चाहन्थ्यो। उसले एभर्टनबाट बर्खास्त भएको ३ महिना नबित्दै साढे ४ वर्षको सम्झौता गरेको थियो। तर कोम्यान नेदरल्यान्डको टोलीमा साढे २ वर्ष मात्र बसे। 

कोम्यानले १९८९ देखि १९९५ को अवधिमा बार्सिलोनामा रहँदै चार ला लिगा र युरोपियन कप जितेका थिए। कोम्यानको पारिवारिक पृष्ठभूमि नै फुटबल हो। कोम्यानले दाजु एर्विनको साथमा नेदरल्यान्डको राष्ट्रिय टोलीबाट खेलेका थिए।

उनका बाबु मार्टिन कोम्यानले समेत नेदरल्यान्डको टिमबाट प्रतिनिधित्व गरेका छन्। उनी आफनो खेलाडी करियरमा डिफेन्ड र मिडफिल्डर दुवैमा अब्बल थिए। डच फुटबलको सफल क्लब अयाक्स अनुबन्धन हुनुपूर्व उनले एफसी गोरिनजेनबाट करियर सुरु गरेका थिए। अजाक्समा रहँदा उनले १९८४–८५ मा डच फुटबलको शिर्ष  लिग एरेडिभिज जिताएका थिए। 

१ सिजनपछि चिरप्रतिद्वन्द्वी पिएसभीमा रहँदै लगातार ३ संस्करणको एरेडिभिज र १९८८ को युरोपियन लिग दिलाए। उनी पाँच युरोपियन खेलाडीमध्ये एक हुन्, जसले एक वर्षमा क्लबको साथ ट्रबल ( एकै वर्षमा ३ वटा उपाधि) र राष्ट्रिय टिमको साथ एक कप जिते।

उनीसँगै रहेका हान्स भ्यान ब्रेक्लेन, बेरी भ्यान एयरले, जेरल्ड भानेनबर्ग र विम किफ अन्य ४ खेलाडी हुन्। १९८९ मा उनको खेलाडी यात्रा आयाक्सको पूर्वप्रशिक्षक जोन क्रुफको टिम बार्सिलोनातर्फ मोडियो।

जहाँ क्रुफको ड्रिम टिमको सदस्यको रुपमा रहने अवसर पाए। जब उनी क्लबमा आए त्यसबेला डिएगो म्याराडोनापछि सबैभन्दा महँगा खेलाडीको रुपमा बार्सिलोनामा प्रवेश भयो।

बार्सा प्रवेश गरेको पहिलो सिजनमा नै चिरप्रतिद्वन्द्वी रियल मड्रिडलाई हराउने टिमको सदस्य बने। जहाँ उनलाई पेप ग्वार्डिओला, रोमारियो, रिस्टो स्टोच्कोभ र माइकल लाउडरुपको सहयोग पाए।

सन् १९९१ मा युरोपियन कप विजेता कपअन्तर्गत फाइनलमा म्यान्चेस्टर युनाइटेडविरुद्ध सान्त्वना गोल गरे। १९९२ को युरोपियन कप जित्दा कोम्यानले साम्पडोरियाविरुद्ध विजयी गोल गरेका थिए। त्यो गोल बार्साको लागि पहिलो युरोपिनय कप दिलाउने गोल मात्र बनेन् युरोपियन फुटबलको २ फाइनलमा लगातार गोल गर्ने पहिलो खेलाडी बने।

​राइट फुटर फ्रिकिक र डेड बल प्रहारका लागि माहिर उनले १९९४ मा एल–क्लासिकोअन्तर्गत रियल मड्रिडविरुद्ध ५–० को जित निकाल्दा फ्रिकिकमार्फत २ गोल गरे।

१९९३–९४ को च्याम्पियन्स लिगमा ८ गोल गर्दै जर्मन क्लब बेर्डन ब्रिमेनका यन्टन रफरसँगै सर्वाधिक गोलकर्ताको उपाधि जिते। बार्सिलोनामा रहँदा उनलाई 'टिनटिन' उपनाम दिइएको थियो।

६ वर्षमा २ सय ६४ खेलमा सहभागिता जनाउँदै ८८ गोल गरे। बार्सिलोनका लागि ४ ला लिगासहित युरोपियन कप, कोपा डेल रे, युरोपियन सुपर कप र तीन स्पेनिस सुपरकपसहित १० उपाधिको हकदार बने।

त्यसपछि उनी नेदरल्यान्ड फर्किए। घरेलु टिम फेयुनर्डमा सामेल हुने क्रममा उनी डच फुटबलको ‘बिग थ्री’ अर्थात् आयाक्स, पिएसभी र फेयुनर्ड मा प्रतिनिधित्व गर्ने थोरै खेलाडीमध्ये एक बन्न सफल भए।

​राइट फुटर फ्रिकिक र डेड बल प्रहारका लागि माहिर उनले १९९४ मा एल–क्लासिकोअन्तर्गत रियल मड्रिडविरुद्ध ५–० को जित निकाल्दा फ्रिकिकमार्फत २ गोल गरे।

क्लबलाई कप्तानी गर्ने क्रममा फेयुनर्ड एरेडिभिजमा तेश्रो र दोश्रो स्थानमा रह्यो। क्लब करियर अन्त्य गर्ने क्रममा कोम्यानले ५३३ लिग खेल्दै १९३ गोल गरे। जुन डिफेन्डरको रुपमा खेलेर गरेको सबैभन्दा बढी गोल हो।

अन्तर्राष्ट्रिय करिअर

अप्रिल १९८३ मा कोम्यानले नेदरल्यान्डको राष्ट्रिय टोलीमा स्विडेनविरुद्ध मैत्रीपूर्ण खेलबाट डेब्यु गरे। संयोगवश उनका दाजु इर्विन पनि डच टोलीमा थिए। खेल नेदरल्यान्डले ३–० ले हार्‍यो सोही वर्षको डिसेम्बरमा उनले आइसल्यान्डलाई हराउँदा डेब्यु गोल गरे।

१९८४ को युरो कप र १९८६ को विश्वकपमा नेदरल्यान्ड छनोट हुन असफल भएपछि कोम्यानको डेब्यु पश्चिम जर्मनीमा भएको १९८८ को युरो कप भयो। सेमिफाइनलमा रिनुस माइकलको टोलीले आयोजकलाई हराउँदा पेनाल्टीमार्फत बराबरी गोल कोम्यानले गरे।

संयोगवश कोम्यान दाजुभाइ सम्मिलित टिमले सोभियत संघलाई हराउँदै युरो कपको उपाधि रक्षा गर्‍यो। प्रतियोगिताको प्रदर्शनका आधारमा कोम्यान र उनका सेन्ट्रल डिफेन्स साथी फ्रान्क रिजकार्ड (जसले मेस्सीलाई ला लिगामा डेब्यु गराए) युइएफए टिम अफ दि टुर्नामेन्टमा छानिए।

कोम्यानले डच टोलीबाट १९९० र १९९४ को विश्वकपको साथै १९९२ को युरोकपमा समेत सहभागिता जनाए। राष्ट्रिय टोलीबाट ७८ क्याप जितेका उनले १४ गोल गरे। 

प्रशिक्षक यात्रा

३४ वर्षको उमेरमा व्यवसायिक खेलाडी करिअरको समाप्तिपछि दोश्रो इनिङका रुपमा प्रशिक्षकको रुपमा फुटबलमा देखा परे। १९९८ को विश्वकपको लागि गुस हिडिन्कको टोली नेदरल्यान्डमा रिजकार्ड र जोहान निसकेन्ससँगै सहायक प्रशिक्षकको रुपमा देखा परे।

नेदरल्यान्डले सेमिफाइनलसम्मको यात्रा तय गर्यो, जहाँ ब्राजिलसँग टाइब्रेकरमा हार्न पुग्यो। प्रतियोगितालगत्तै उनलाई बार्सिलोनाले सहायक प्रशिक्षकको रुपमा क्लबमा भित्र्यायो। २ वर्षसम्म त्यहाँ रहे। प्रमुख प्रशिक्षकको रुपमा उनी सन २०००–०१ को सिजनमा डच क्लब भिटेसमा रहे। उनी रहँदा क्लबले युइएफए कपको दोश्रो चरणसम्म पुगे, जहाँ अवे गोलका आधार सिरि ए क्लब इन्टरनाजिओनालेसँग पराजित हुन पुग्यो। 

लगत्तै उनी पूर्वक्लब आयाक्ससँग जोडिए। क्लबले २००१–०२ र २००३–०४ को उपाधि जित्यो। २००४–०५ को युरोकपको समूह चरणबाट बाहिरिँदै युइएफ कप खेलेको टोली फ्रान्सेली टोली औरेक्ससँग ३–२ ले पराजित बनेपछि कोम्यानले क्लबबाट राजिनामा दिए।

आयाक्सबाट राजीनामा गरेलगत्तै उनको यात्रा पोचुर्गिज लिग च्याम्पियन बेनिफिकातर्फ भयो। इटालियन दिग्गज खेलाडी जियोभानी ट्रेपटोनीले क्लब छाडेपछि कोम्यानले क्लब सम्हाले। जहाँ उनले २७ औ संस्करणको पोचुर्गिज सुपरकपको मात्र उपाधि दिलाउन सफल भए।

बेनिफिका पोर्चुगिज लिगमा पोर्टो र स्पोर्टिङ सिपीभन्दा पछि रहँदै तेश्रो स्थानमा समाप्त गरेपछि टाका डि पोर्चुगलको लागि छनोट भयो। जहाँ बेनिफिकाको यात्रा क्वाटरफाइनलमा भिटोरिया डे गुमियारिसले समाप्त गरिदियो।

कोम्यान प्रशिक्षक रहँदा च्याम्पियन्स लिगको समूह चरणमा एलेक्स फर्गुसनको टोली म्यानचेस्ट र प्रि–क्वाटरमा राफेल बेनिटेजको टोली लिभरपुललाई हराउँदै क्वाटरफाइनल प्रवेश गर्‍यो। सेमीफाइनल प्रवेशका लागि बार्सिलोना घातक सावित भयो।

बेनिफिकाकोऔसत प्रदर्शनका कारण सम्झौता अवधिभन्दा १ वर्ष अघि नै डच क्लब पिएसभीमा आबद्ध भए। २००६–०७ को सिजनमा गुस हिडिन्कको उत्तराधिकारीका रुपमा पिएसभीमा प्रमुख प्रशिक्षकको रुपमा कार्य गरे।

२० औं चरणको खेलसम्म एजेडभन्दा ११ र अयाक्सभन्दा १२ अंकले अघि रहेको क्लबले अन्तिम १३ खेलमा लय गुमाउँदा गोल अन्तरको आधारमा उपाधि जित्नुपुग्यो। च्याम्पियन्स लिगमा छनोट भएको टोलीले पहिलो चरणमा प्रिमियर लिग क्लब आर्सनललाई हरायो। क्वारटफाइनलमा लिभरपुलसँग ४–० ले पराजित बन्न पुग्यो। 

मे २००९ मा उनलाई डच क्लब एजेडले प्रशिक्षकको रुपमा भित्र्यायो। २००८–०९ को एरेडिभिज दिलाएका तत्कालीन प्रशिक्षक लुइस भान गाल बुन्डेसलिगा क्लब बार्यन म्युनिख गएपछि कोम्यानले अवसर पाएका थिए। तर ७ महिना नबित्दै क्लबले उनलाई प्रशिक्षकबाट हटायो। लिगको सुरुवातको १६ खेलमा ७ हार बेहोरेपछि उनले एजेडको प्रशिक्षकबाट हात धुनुपर्‍यो। 

२००७–०८ को सिजनको लागि ला लिगा क्लब भ्यालेन्सिया पुगे। क्विके सान्चेज फ्लोरेसलाई क्लबले बर्खास्त गरेपछि कोम्यानको प्रशिक्षकत्वमा भ्यालेन्सियाले यो कोपा डेल रे जित्यो।

यसअघि कोम्यानले बार्सिलोनामा खेलाडी हुँदा कोपा डेल रे जितेका थिए। १९९९ पछि कोम्यानले पहिलो पटक कोपा डेल रे जिताएका हुन्। त्यसपछिका अवधिमा सन्तोषजनक रहेन।

कोपा डेल रे विजेता भएको कारण क्लब च्याम्पियन्स लिगको पहिलो चरणको लागि छनोट त भयो तर अवे गोलका कारण युक्रेनी क्लब डाइनामो किभसँगपछि पर्दै शीर्ष ३२ बाट बाहिरियो।

२००७–०८ को ला लिगाको ३५ औ चरणको खेलमा एथ्लेटिको बिल्बाओसँग पराजित भएपछि क्लब रेलिगेसन जोनमा परेको थियो। त्यसपछिको २ खेल जितेर १० औ‌ स्थानमामा लिग समापन गर्‍यो। बिल्बाओसँगको पराजयकै कारण कोम्यानलाई क्लबले अप्रिल २००८ मा बर्खास्त गर्‍यो। 

मे २००९ मा उनलाई डच क्लब एजेडले प्रशिक्षकको रुपमा भित्र्यायो। २००८–०९ को एरेडिभिज दिलाएका तत्कालीन प्रशिक्षक लुइस भान गाल बुन्डेसलिगा क्लब बार्यन म्युनिख गएपछि कोम्यानले अवसर पाएका थिए। तर ७ महिना नबित्दै क्लबले उनलाई प्रशिक्षकबाट हटायो। लिगको सुरुवातको १६ खेलमा ७ हार बेहोरेपछि उनले एजेडको प्रशिक्षकबाट हात धुनुपर्‍यो। 

झन्डै डेढ वर्ष क्लबविहीन भएपछि खेलाडी करियर बिताएको क्लब फेयुनडतर्फ हानिए। त्यहाँ उनले ट्रेनर मारियो विनलाई प्रतिस्थापन गरे। उनको नियुक्तिसँगै एरेडिभिज का ‘बिग थ्री’ मा खेलाडी र प्रशिक्षकको रुपमा बिताउने पहिलो व्यक्ति बने। एरेडिभिजमा क्लबको प्रदर्शनलाई हेरेर सन २०१२ को सुरुवातमा उनको सम्झौता अवधि बढाइएको थियो। फेब्रुअरी २०१४ मा उनले आफ्नो पद छाड्ने घोषणा गरे। 

जुन २०१४ मा माउरियो पोचेटिनोलाई प्रतिस्थापन गर्दै उनी प्रिमियर लिग क्लब साउथह्रयाम्पटनमा ३ वर्षे सम्झौता गर्दै प्रशिक्षकमा नियुक्त भए। उनीसँगै दाजु एर्विनलाई सहायक प्रशिक्षक बनाए।

सुरुको ६ प्रिमियर लिग खेलमा ४ जित १ बराबरी र १ हारको सामना गरे पनि दोश्रो स्थानमा रहन पुग्यो। त्यस समयमा कोम्यान सेप्टेम्बरका लागि प्रिमियर लिगको उत्कृष्ट प्रशिक्षक घोषित भए।

१५ जनवरीमा साउथह्रयाम्पटनले तीन वटै खेल जित्यो। जसमा म्यानचेस्टर युनाइटेडविरुद्ध १९८८ पछिको पहिलो जित समेत समावेश थियो। कोम्यान पुनः महिनाको उत्कृष्ट प्रशिक्षक बने। उनले साउथह्रयाम्पटनलाई लिगको सातौं स्थानमा उभ्याउन सफल भए।

जनवरी २०१६ मा तेश्रो पटक महिनाको उत्कृष्ट प्रशिक्षक घोषित भए। सो सिजनमा क्लब प्रिमियर लिगको छैटौं स्थानमा रहन सफल भयो। क्लबले ६३ अंक बटुलेको थियो जुन त्यसअघि सम्म प्रिमियर लिगको सबैभन्दा बढी अंक थियो।  र क्लब युइएफए युरोपा लिगको समूह चरणको लागि छनोट भयो। 

१४ जुन २०१६ मा उनले एभरर्टनको प्रशिक्षकको रुपमा तीन वर्षका लागि सम्झौता गरे। जहाँ उनले आफ्ना​ दाजुलाई सहायक प्रशिक्षकको रुपमा नियुक्त गरे। पहिलो सिजनमा नै उनले एभर्टनलाई युरोपा लिगका लागि छनोट गराए।

२०१७–१८ को सिजनमा उनले एभर्टनको इतिहासमा नयाँ खेलाडीको लागि करिब १५० मिलियन डलर खर्च गरे। तर उनले रोमेरो लुकाकुको प्रतिस्थापनको रुपमा सेन्ट्रल फरवार्ड खरिद गरेनन्। अघिल्लो सिजनको सर्वाधिक गोलकर्ता लुकाकुलाई क्लबले म्यानचेस्टर युनाइटेडलाई बेचेको थियो। आफ्नै घरेलु मैदानमा आर्सनलसँग ५–२ गोलअन्तरले पराजित हुँदै रेलिगेसन जोनमा परेपछि एभर्टनले उनीसँगै उनका दाजु एर्विनलाई समेत बर्खास्त गर्‍यो। चेल्सीविरुद्ध काराबाओ कपको तयारीका लागि प्रशिक्षणमा पुगेका उनी बर्खास्त भएर फर्कन पुगे।

करिब ३ महिनापछि ६ फेब्रुअरी २०१८ मा नेदरल्यान्डको राष्ट्रिय टोलीको प्रशिक्षकको रुपमा साढे ४ वर्षको सम्झौता गरे। जसमा आगामी सन २०२२ को कतार विश्वकपलाई समेत समावेश गरिएको थियो।

सन् २०१८ को रसिया विश्वकपमा नेदरल्यान्डलाई छनोट गराउन असफल भएपछि तत्कालीन प्रशिक्षक डिक एडभोकेटको राजीनामा कोम्यानको लागि अवसर बन्यो।

९ जुन २०१९ मा भएको युइएफए नेसन्स लिगमा पोर्चुगलसँग १–० ले पराजित हुँदै नेदरल्यान्ड उपविजेता बन्यो। कोम्यानको प्रशिक्षणमा नेदरल्यान्डले २० खेल खेल्दा ११ जित, ५ बराबरी र ४ खेलमा हारको नतिजा निकालेको छ। 

एजेन्सीहरूको सहयोगमा थाहाखबरकर्मी नमीन ढकालले तयार पारेको रिपोर्ट

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.