|

काठमाडौं : बल्खुको सुकुम्बासी टोलमा बोरामा पोका पारेर फालिएकी सन्तोषी सापकोटाको हत्यामा संलग्न रहेको आरोपमा उनका पति सन्तोष पक्राउ परेका छन्।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहका अनुसार सन्तोषलाई मंगलबार बेलुकी बल्खुबाट पक्राउ गरिएको हो।  सिंहका अनुसार सन्तोषले ३२ वर्षीया सन्तोषीलाई हथौडा प्रहार गरी हत्या गरेका हुन्।

श्रीमान श्रीमतीबीच पहिलेदेखि बिबाद हुँदै आएको र सन्तोषले श्रीमतीलाई डिभोर्स दिन भनेको प्रारम्भिक अनुसन्धानबाट खुलेको सिंहले बताए। हत्याको कारण नखुलको उनले जानकारी दिए।

प्रहरीका अनुसार सन्तोषका भाइ तेजबहादुरले रगत बगेको देखेपछि प्रहरीलाई खबर गरेका थिए। श्रीमान श्रीमती पछिल्लो समय बौद्धमा बस्दै आएका भए पनि सोमबार मात्रै बल्खु पुगेका थिए। प्रहरीका अनुसार सन्तोष लागुऔषध सेवनकर्ता हुन्। उनी यसअघि ६ महिना जेल बसेर छुटेको प्रहरीले जनाएको छ। प्रहरीले उनको खोजी भइरहेको जनाएको छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.