|

कालिकोट : जिल्लाको रास्कोट नगरपालिकामा निर्माण भइरहेको रास्कोट सामुदायिक अस्पतालको काम अन्तिम चरणमा पुगेको छ।

पत्रकार रबि लामिछाने र कालिकोटका समाजसेवी तुलाराज सिम्खाडको पहलमा अस्पताल भवन बन्न लागेको सञ्चालक समितिका सदस्य तथा अस्पताल व्यवस्थापक कौशल न्यौपानेले जानकारी दिए। 

न्यौपानेका अनुसार चैत १५ गतेसम्म निर्माणसम्पन्न गरी सेवा सुचारु गरिसकिने छ।

६ करोड २२ लाखको लागतमा अस्पताल भवन बन्दै छ। चैत १५ गते देखि रास्कोटमा एमडिसहित सेवा सुचारु गर्ने अस्पताल व्यवस्थापन समितिका अध्यक्ष तुलाराज सिम्खाडाले बताए।

अस्पताल बनाउन देश तथा विदेशका विभिन्न ठाउँबाट संकलित सहयोग र स्थानीय, प्रदेश सरकारबाट रकम उठेको विद्युत् खानेपानीलगायत काम बाँकी नै छ। 

औषधि उपचार नपाएर कसैले पनि ज्यान गुमाउन नपरोस् भनी रास्कोटमा सामुदायिक अस्पताल स्थापना गरिएको सिम्खाडाले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.