सल्यान : कपुरकोट गाउँपालिका-२ दानवाङमा आगलागी हुँदा दुई घरमा पूर्ण क्षति र एक घरमा सामान्य क्षति भएको छ।
सुकबहादुर बुढा र खर्कबहादुर घर्तीको फुसको छाना भएका घर पूर्ण क्षति भएको छ। केशर घर्तीको जस्ता पाताले छाएको घरको एकतर्फको भाग जलेको पीडितले जानकारी दिए।
आगलागीबाटे घरमा रहेको अन्नपात, लत्ता कपडा र सुकबहादुरको नगद १५ हजार‚ खर्कबहादुरको दुई लाख ५० हजार रुपैयाँ र एक तोला सुन जलेको छ। घरमा कोही नभएको समयमा आगलागी भएको प्रहरी चौकी कपुरकोटले जनाएको छ।
स्थानीय, नेपाल प्रहरीको सक्रियतामा आगो नियन्त्रणमा लिएकाले अन्य घरहरु जल्नबाट जोगिएको प्रहरी चौकी कपुरकोटका प्रमुख यमबहादुर बस्नेतले बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।