|

काठमाडौं : साहित्यकार राजन मुकारुङको अध्यक्षतामा आदिवासी जनजाति साहित्यकार/लेखक महासंघको नयाँ कार्यसमिति चयन भएको छ। ललितपुरमा सम्पन्न दुई दिने प्रथम राष्ट्रिय भेलाले केन्द्रीय कार्यसमिति चयन गरेको हो।

महासंघको वरिष्ठ उपाध्यक्ष टंक सेलिङ र उपाध्यक्ष रजनीमिला, जगबहादुर बुढा, डा. विष्णुकुमार सिँजाली, वेचन उराँव, डा. कृष्णराज सर्वहारी, डा. सोमबहादुर धिमाल, गौरी तमू र उत्तमकुमार सुनुवार चयन भएका छन्।

महासचिवमा बुद्ध योञ्जन लामा‚ सचिवमा लक्ष्मी रुम्बा, अन्वेश थुलुङ, प्रेमिला राई, बच्चु हिमांशु, जीवनप्रवेश रोकामगर, कुन्साङ र मेनुका छन्त्याललाई भेलाले चयन गरेको छ। महासंघको कोषाध्यक्षमा उर्मिला गम्बा थारु र सह–कोषाध्यक्षमा जितेन पन्धाक चयन भएका छन्।

महासंघको सदस्यहरुमा हेन्सेन याक्खा, अञ्जना इछमफूल, पवित्रा थापामगर, विराट किराती, राम बि. लामा, डा. चित्र माबो, रोशन गुरुङ, रामलाल उराँव, कविराज तामाङ, गणेश कुमाल, चोमु शेर्पा 'खुसी', नेपोलियन चेपाङ, तेजेन्द्र ताजपुरिया, महेन्द्र थुलुङ राई, सर्मिला रोका मगर, रामगोपाल आशुतोष र लालबहादुर भुजेल रहेका छन्

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.