|

फिलिपिन्सले आफ्नो समुद्री क्षेत्रमा घुसपैठ नगर्न चीनलाई सचेत गराएको छ। 

चीनले विवादित दक्षिण चीन सागरमा उपस्थिति बलियो बनाइरहेको छ। यसैक्रममा आफ्नो जलक्षेत्रमा समेत चिनियाँ पानीजहाजको आवागमन बढेपछि फिलिपिन्सले चीनलाई सचेत हुन आग्रह गरेको हो।

फिलिपिन्सका रक्षामन्त्री डेलफिन लौरन्जाले चिनियाँ अधिकारीहरूले आफ्ना सरकारी अधिकारीहरूलाई अवरोध गरिरहेको बताएका छन्। 

दक्षिण चीन सागरस्थित आफ्नो जलक्षेत्रमा आएका चिनियाँ जहाजहरू माछा मार्ने खालका नभएको पनि उनले उल्लेख गरेका छन्। 

चीनले फिलिपिन्सको जलक्षेत्रमा समुद्री मिलिसिया खटाएको आरोप फिलिपिन्सले लगाउने गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.