|

विश्वभरिका प्रत्येक पाँच बालबालिकाहरूमध्ये एक जनालाई दैनिक आवश्यकता पूरा गर्न पर्याप्त पानी नहुने गरेको संयुक्त राष्ट्र संघ बालकोष (युनिसेफ) को तथ्यांकले देखाएको छ। 

त्यस्तै नाइजेरियाका झन्डै एक तिहाइ बच्चालाई पर्याप्त पानी अभाव रहेको युनिसेफले सोमबार जनाएको छ। ​राष्ट्रसंघले यस समस्यालाई सम्बोधन गर्न तुरुन्त कदम चाल्न आह्वान गरेको छ।

विश्व पानी दिवसको अवसरमा जारी गरिएको एक विज्ञप्तिमा युनिसेफले भनेको छ– 'विश्वमा ४५ करोड बालबालिकासहित एक अर्ब ४२ करोड मानिसले पानीको उच्च जोखिमको क्षेत्रमा बसिरहेका छन्।'

युनिसेफको पछिल्लो रिपोर्टअनुसार विश्वका ८० भन्दा बढी देशका केटाकेटीहरूले उच्च वा अत्यधिक उच्च पानीको अभावको सामना गरिरहेका पाइएको हो।

पूर्वी र दक्षिणी अफ्रिकामा त्यस्ता क्षेत्रहरूमा बस्ने बच्चाहरूको अनुपात सबैभन्दा बढी छ अर्थात् पानीको अभाव सामना गरिरहेका बालबालिकामध्ये आधाभन्दा बढी अर्थात् ५८ प्रतिशत बालबालिका छन्, जसले दिनहुँ पर्याप्त पानीको पहुँचका लागि कठिनाइको सामना गरिरहेका छन्।

 यसपछि पश्चिम र मध्य अफ्रिकामा ३१ प्रतिशत, दक्षिण एशियामा २५ प्रतिशत र मध्य पूर्वमा २३ प्रतिशत बालबालिकाले पानीको अभावको सामना गर्नुपरेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.