|

अमेरिकाको कोलोराडो राज्यको बोल्डर काउन्टीको एक ग्रोसरी स्टोरमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा एक प्रहरी अधिकारीसहित कम्तीमा ६ जनाको मृत्यु भएको छ।​

क्रोगरद्वारा सञ्चालित किंग सुपर नामक पसलमा भएको सो गोलीकाण्डमा प्रहरी अधिकारीसहित ६ जनाको हत्या भएको स्थानीय प्रशासनले जानकारी दिएको  अमेरिकी सञ्चारमाध्यम द  न्यूयोर्क टाइम्सले जनाएको छ। 

यो घटना स्थानीय समय अनुसार सोमबार अपराह्न साढे २ बजे भएको घटनामा अधिकारीहरु पुग्दा बन्दुकधारीले अन्दाधुन्ध गोली हानेका थिए। घटनास्थलबाट एकजनालाई  पक्राउ गरिएको छ। उनी घाइते छन्। उनले किन आक्रमण गरेका हुन् भन्ने खुलिसकेको छैन।​

अमेरकामा सर्वसाधारणले बन्दुक राख्न पाउने कानुनी व्यवस्था भएकोले यस्ता आक्रमणका घटनाहरू हुने गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.