|

काठमाडौं : भारत र इंग्ल्याण्डबीचको तीन एकदिवसीय सिरिजको पहिलो खेल आज हुँदै छ।

नेपाली समयअनुसार पौने २ बजे खेल सुरु सिरिजको पहिलो खेल महाराष्ट्र क्रिकेट एसोसिएसन स्टेडियम पुणेमा हुनेछ।  दोस्रो खेल शुक्रबार र अन्तिम एकदिवसीय सिरिज आगामी आइतबार हुने छ। 

यसअघि भएका टेस्ट र टी–२० को सिरिज भारतले आफ्नो पक्षमा पारेको थियो।​ इंग्ल्याण्डविरुद्धको एकदिवसीय सिरिज अन्तर्गतको पहिलो खेलमा भारतका शिखर धवन र रोहित शर्माले ओपनिङ गर्ने भएका छन्। 

सोमबार आयोजित प्रेस कन्फ्रेन्समा कप्तान विराट कोहलीले धवन र रोहितले ओपनिङ गर्ने बताएका थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.