|

धनगढी : बैतडी दोगडाकेदारकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या प्रकरणमा  पुन: शंका-उपशंका उत्पन्न भएको छ।

प्रकरणका अभियुक्त दिनेश भट्ट अदालती प्रक्रिया सकिएर बाल सुधार गृह पुगिसकेका छन्। प्रहरीसँगै अदालतमा समेत ‘मैले नै मारेको’ भनेर बयान दिएका किशोरले अहिले बयान बदलेको उनको परिवारले दाबी गरेका छन्‌। 

प्रारम्भमा छोराले आफ्नै अगाडी भागरथीको बलात्कार र हत्या गरेको सकारेको दाबी गरेका उनका बाबु नै अहिले छोराले दबाबमा आएर बयान दिएको र घटनामा अरुकै संलग्नता रहेको दाबी गर्न थालेका छन्।

‘उसले आफूले हत्या नगरेको बताइरहेको छ,’ दीपकराज भट्टले भने, ‘तर घटना भइरहेको देखेको र उनीहरूले कसैलाई भन्यो भने बुवा र घरपरिवारलाई मारिदिने धम्की दिएपछि अपराध स्वीकारेको रहेछ।’

उनले घटना भएको देखेको र घटनामा संलग्न २ जनामध्ये एक जनालाई चिनेको बताएको दाबी समेत गरे।

‘एक जनालाई चिनेको छु अर्कालाई चिनेको छैन। चिनेको मान्छे गाउँपालिकामा कार्यरत कर्मचारी हो भनिरहेको छ,’ उनले भने, ‘चक्कु देखाउँदै कसैलाई यो कुरा भन्यो भने तिमीलाई पनि मार्छौं, घरपरिवार पनि मार्छौं भनेका रहेछन् त्यसैले उसले अपराध स्वीकारेको हो।’ उनले छोराले नाम लिएको व्यक्तिबारे अनुसन्धान हुनुपर्ने माग समेत गरे।

भागरथीका आफन्त भन्छन्, ‘छानबिन हुनुपर्छ’

मुख्य अभियुक्तले बयान बदलेपछि भागरथीका आफन्तले सबैमाथि छानबिन हुनुपर्ने माग गरेका छन्। भागरथीका दाइ केशवराज भट्टले घटनामा संलग्न सबैमाथि कारबाही हुनुपर्ने बताए।

‘उसले बयान फेरेको भन्ने मैले पनि सुने,’उनले भने‘कसरी विश्वास गर्नु फेरी झुट पो बोलेको हो कि ? तर उसले हत्याराहरू दुई जना छन् भन्दै एक जनाको नाम समेत बताइरहेको छ रे अब त्यसलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान भने हुनुपर्छ।’

प्रहरी भन्छ, ‘अपराधबाट उन्मुक्ति पाउन झुट बोले’

प्रहरीले अनुसन्धान सिध्याउँदै घटनामा अभियुक्त मात्र संलग्न रहेको र हत्या र बलात्कार उसैले गरेको दाबी गर्दै प्रतिवेदन समेत बुझाइसकेको छ। प्रहरीको प्रस्तावित राय अनुसार जिल्ला महान्यायाधिवक्ता कार्यालयबाट अभियोग पत्र दर्तासँगै थुनछेक बहस सकिएर अभियुक्त बाल सुधारगृह पुगिसकेका छन्।

अहिले अभियुक्तले अर्कैको नाम लिए पनि प्रहरी भने यसलाई अपराधबाट जोगिन यस्तो भनेको दाबी गरिरहेको छ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले घटनामा अभियुक्त मात्रै संलग्न रहेको खुलेको दाबी गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.