|

काठमाडौं : भारतको मध्य प्रदेशस्थित ग्वालियरमा टेम्पो र बस ठोक्किदा १३ जनाको मृत्यु भएको छ। 

पुरानो छाउनी इलाकामा बस र अटो रिक्सा (टेम्पो) ठोक्किँदा भएको ठूलो दुर्घटनामा १३ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। 

ग्वालियर प्रहरीका अनुसार मृत्यु हुनेमा १२ महिला र एक पुरुष छन्।

राज्य सरकारले मृतकका परिवारलाई ४ लाख र घाइतेलाई ५० हजार भारु सहायता रकम दिने घोषणा गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.