|

काठमाडौं : नेपालको लागिटीभीएस मोटर कम्पनीको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले नयाँ वर्ष २०७८ लाई लक्षितगर्दै टीभीएस वा, वाह्, वाह्‌ह्‌  ग्राहक योजना ल्याएको छ।

चैत्र ८ गतेबाट उत्साहजनक अफरहरूको साथमा शुरू भएको यो योजना बैशाख ३१ गतेसम्म चल्नेछ।

यस योजनाअन्तर्गत टीभीएसको कुनैपनि मोटसाइकल वा स्कुटर खरिदमा १० हजारसम्म पक्का डिस्काउन्ट व्यवस्था साथै शून्य प्रतिशत ब्याजदर भएको 'वा' अफर रहेको छ।

साथै, योजनालाई 'वा' बाट 'वाह्' बनाउन योजनाको समयावधिमा टीभीएसको कुनैपनि मोटसाइकल वा स्कुटर खरिद गर्ने ग्राहकहरूमध्ये १ जना भाग्यशाली ग्राहकलाई हरेक १५ दिनमा फेसबुक लाइभमार्फत एउटा नयाँ टीभीएस अपाचे आरआर ३१० उपहार स्वरूप प्रदान गरिनेछ।

 'वा' बाट 'वाह्' हुँदै 'वाह्‌ह्‌' सम्मको योजनालाई थप भव्य बनाउन, योजनाको अन्त्यमा एकजना अत्ति नै भाग्यशाली ग्राहकले बम्पर उपहार स्वरुप स्ट्यान्डर्ड एमटी भर्जनको नयाँ प्रोटोन सागा फेसबुक लाइभमार्फत प्राप्त गर्नेछन्। 

यो योजना देशका सबै टीभीएस शोरुममा लागू हुने जगदम्बा मोटर्सले जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.