|

धनगढी : कैलालीमा बसको ठक्करबाट युवतीको मृत्यु भएको छ। मंगलबार बिहान पूर्व-पश्चिम राजमार्गअन्तर्गत लम्की चोकमा बसको ठक्करबाट लम्कीचुहा नगरपालिका-१ की २२ वर्षीया कमला देवकोटाको मृत्यु भएको हो।

युवतीको मृत्यु भएपछि लम्की क्षेत्र तनावग्रस्त भएको छ। स्थानीयले टायर बालेर प्रदर्शन गरिरहेका छन्। उनीहरुले ट्राफिक प्रहरीले लम्की चोकमा राखेको गोलघर जलाएका छन्। इलाका प्रहरी कार्यालयमा ढुंगा प्रहार गरेका छन्।

भीड नियन्त्रण गर्न प्रहरीले गोली चलाएको छ। प्रहरीमाथि आक्रमण गर्न खोजेपछि केही राउन्ड गोली चलाएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक हिक्मत थापाले बताए। उनका अनुसार गोली प्रहारबाट दुईजना घाइते भएका छन्। घाइतेलाई उपचारका लागि कोहोलपुर पठाइएको छ। ठक्कर दिने बस र चालक बर्दोगोरिया गाउँपालिका-१ का ३१ वर्षीय पुष्प कँडेललाई  नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.