|

काठमाडौं : दाइजो नल्याएको निहुँमा बुहारीमाथि मट्टितेल खन्याएर जलाउने एक पुरुषलाई बाँके प्रहरीले सात वर्ष पछि पक्राउ गरेको छ।

पक्राउ पर्नेमा नरैनापुर गाउँपालिका –२ का ७५ वर्षीय हनिफ शेष छन्। शेषसहित उनको श्रीमती सहजत खाँ र छोरा फरिज शेष (ढपाली) ले फरिजको श्रीमती २३ वर्षीय रिहान शेष (ढपाली) को शरीरमा मट्टितेल खन्याएर आगो लगाएका थिए।

घटना २०७० चैत २ गते रातिको हो। दाइजोमा मोटरसाइकल र नगद नल्याएको भन्दै श्रीमान र सासु ससुरा मिलेर रिहान सुतेको बेला मट्टितेल खन्याएर आगो लगाएका थिए। घटना पछि  रिहानका श्रीमान र सासु फरार छन्।

तीन जनाविरुद्ध रिहानका बुबा बाँके डुडुवा गाउपालिका –६ का मो.समिम शेषले जाहेरी दिएका थिए। जलेर घाइते भएकी रिहानलाई परिवारले सुटुक्क उपचारको लागि भारत लगेका थिए।

भारतमा केही समय उपचार पछी घरमा ल्याएपछि मात्र घटनाबारे माइती पक्षलाई जानकारी गराएको प्रहरीले जनाएको छ। त्यसपछि मात्र माइती पक्षले प्रहरीलाई जानकारी गराएको थियो। उनको तत्काल भेरी अस्पतालमा उपचार गरी थप उपचार काठमाडौंमा भएको थियो। प्रहरीले घटनामा संलग्नविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दायर गरेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.