|

लमजुङ : दोर्दी गाउँपालिकाबाट एक युवक चितुवाको छालासहित पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालयको टोलीले दोर्दी--६ सिमीका ३४ वर्षीय मनराज पक्राउ गरेको हो।

उनले छाला तथा हड्डी तस्कर गर्दै आइरहेका छन् भन्ने सूचनाको आधारमा जिल्ला पक्राउ गरिएको प्रहरीले बताएको छ। केही सातादेखि प्रहरी नै ग्राहक बनी उनलाई पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक गंगाबहादुर थापाले बताए।

मनराजलाई छाला र हड्डीसहित आवश्यक कारवाही एवं अनुसन्धानका लागि डिभिजन वन कार्यालय लमजुङमा बुझाइएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.